छुल्ठिमको ठुम्कासंगै सकियो ‘मिस्टर भर्जिन’

छुल्ठिमको ठुम्कासंगै सकियो ‘मिस्टर भर्जिन’

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सम्पन्न भएको छ । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको आइटम गीतसंगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । उक्त गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी र कमलमणि नेपालले पनि कम्मर भाँचेका छन् । करिब १ करोडको लगानीमा चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।

Mr Virgin, Cinepati, Cinepati.com

‘मिस्टर भर्जिन’लाई निर्देशक विशारद बस्नेतको निर्देशन गरका हुन् । चलचित्रमा गौरब पहारी , बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

Mr Virgin, Cinepati, Cinepati.com

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ ।चलचित्रलाई मिलन डी. काप्रीले सम्पादन गर्दैछन् भने चलचित्रको टेक्निकल सुपरभाइजरका रुपमा दशरथ गिरी रहेका छन् ।

Mr Virgin, Cinepati, Cinepati.com

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बनेको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्र २०७५ सालको बैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।