

चैत महिनाको ४ गते सोमबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको द्वादशी तिथि दिवा २:३५ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । अश्लेषा नक्षत्र राति ७:१० बजेसम्म रहनेछ । यसैगरी आज सुकर्म योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६:१३ मा छ भने सूर्यास्त बेलुका ६:१३ बजे हुनेछ । चन्द्रमा कर्कट राशिमा छन् । आज सोमप्रदोषव्रत परेको छ । आज शिवजीको उपासना गर्नाले चन्द्रजन्य दुष्प्रभावबाट बँच्न सकिन्छ । यसैगरी कार्यमा सफलताका निम्ति पनि आजको व्रत सिद्धिदायी रहन्छ । आज सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले केवल शिवजीको उपासना मात्र शुभ रहनेछ ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य अवरोध, खर्च बढ्नुका साथै मनमा चपलता रहनेछ ।
बृष राशी(नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा वृद्धि हुनेछ, कीर्ति लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य लाभ हुनेछ, मित्र सुखका साथै यात्राको योग देखिन्छ ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मीष्ठान्न प्राप्तिको यो देखिन्छ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यमा अवरोध रहनेछ, शत्रु भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्र लाभ हुनेछ, श्रीवृद्धिका साथै धार्मिक कार्यम रुचि जाग्ने देखिन्छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य गर्ने अवसर मिल्नेछ, विद्या लाभका साथै गृह सुख मिल्नेछ ।
धनु राशी(नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्र लाभ हुनेछ, धन बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्र लाभ हुनेछ, कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।