एसियन युथ एथ्लेटिक्समा नेपालले जित्यो स्वर्ण पदक

एसियन युथ एथ्लेटिक्समा नेपालले जित्यो स्वर्ण पदक

काठमाडौं, ३ चैत । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आइतबार ३ हजार किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा यो नेपालको पहिलो स्वर्ण समेत हो । अजितकुमारले निर्धारित दूरी ८ मिनेट ३०ः३२ सेकेन्डमा पार गर्दैै स्वर्ण पदक जितेका हुन्। नेपालले युथ एसियाली खेलकुदमा स्वर्ण जितेको यो नै पहिलो पटक हो। स्वर्ण पदक जित्ने क्रममा अजितकुमारले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पारेका थिए।

दोस्रो भएको भारतका अमितले ८ मिनेट ३६ मिनेट ३४ सेकेण्डको समय निकाल्दा तेस्रो भएका यमनका गुमिल अल हमातीले ८ मिनेट ३८ मिनेट ६० सेकेण्डको समय निकाले । तियोगितामा सहभागिता जनाउन अजित र उनका प्रशिक्षक धनीराम चौधरी शुक्रबार हङकङ गएका थिए।

एसियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिंगापुर, मलेसिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलंका, उज्वेकिस्तान, इन्डोनेसिया, ओमन, भुटान, जोर्डन, किर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडीहरु सहभागी छन् ।