बाइककाे विज्ञापन गर्न अनमोलले लिए १० लाख पारिश्रमिक

बाइककाे विज्ञापन गर्न अनमोलले लिए १० लाख पारिश्रमिक

नेपाली चलचित्रमा सर्वाधिक महँगा कलाकार हुन् नायक अनमोल केसी । युवामाझ लोभलाग्दो क्रेज बनाएका अनमोललाई पछिल्लो समय चलचित्र निर्माताहरू ५० लाख पारिश्रमिक दिन पछि हट्दैन । लगातार हिट चलचित्र दिएका अनमोलको स्डारडम उनको फ्यान क्रेजले प्रस्ट हुन्छ । हालै अनमोल एउटा बाइकको विज्ञापनमा देखिएका छन् । खासै विज्ञापनमा नदेखिने अनमोलले उक्त विज्ञापन गरे बापत १० लाख पारिश्रमिक लिएको बताइएको छ । अनमोलले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफू ‘बेनिली’ नाम गरेको बाइकको उनी ब्रान्ड एम्बेस्डर रहेको बताएका छन् । उनले भिडियोमा आफू सधैँ बाइकको सौखिन रहेको र बेलिी बाइकको ब्रान्ड एम्बेस्डर हुन पाउँदा खुसी लागेको बताएका हुन् । उनी एक वर्षको लागी बेनिली बाइकसँग जोडिएका छन् । यस अघि अनमोलले ‘प्र स्टाईल’ तेललको विज्ञापन गरे बापत १० लाख नै पारिश्रमिक लिएका थिए । यति बेला उनी चलचित्रमा मात्र नभई विज्ञापन दुनियाँमा पनि मंहगा कलाकार बनेका छन् ।
हाल अनमोल आफ्नो नयाँ चलचित्र ‘कृ’को प्रमोसनमा व्यस्त छन् । कृ यही माघ २६ गतेबाट हल नेपाल रिलिज हुने भएको छ ।

– सिनेपाटीबाट