साफ च्यान्पियनसिप फुटबलः भारत–श्रीलंका भिड्दै

साफ च्यान्पियनसिप फुटबलः भारत–श्रीलंका भिड्दै

विराटनगर, ३ चैत । साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहीद मैदानमा आज दिउँसो तीन बजे खेल सुरु हुनेछ ।

समूह ‘बी’ को अन्तिम खेलमा आज श्रीलंकाले डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवैै टिम जितको खोजिमा हुनेछन् भने यो खेलले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लाग्नेछ ।

भारत र श्रीलंकाबीचको विजेताले समूह ‘ए’को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, भारत र श्रीलंकाबीच पराजित हुने टिमले समूह ‘ए’ को विजेता आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।