नेकपा अध्यक्ष दाहाल आज अमेरिका जाँदै

नेकपा अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका जाँदै हुनुहुन्छ ।

पत्नी सीता दाहालको उपचारका लागि उहाँ आज साँझ अमेरिका जानुहुने भएको हो । पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । उहाँसँगै छोरीज्वाई गंगा र जीवन आचार्य पनि रहने पारिवारीक स्रोतले जनाएको छ ।