चैत महिनाको ३ गते आइतबारदेखि शनिबारसम्म । आइतबार वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको आमलकी एकादशी तिथि बेलुका ४:५६ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । तिष्य नक्षत्र राति ८:४९ बजेसम्म रहनेछ । यसैगरी आज अतिगण्ड योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६:१४ मा छ भने सूर्यास्त बेलुका ६:१२ बजे हुनेछ । चन्द्रमा कर्कट राशिमा छन् । आज आमलकी एकादशीव्रत परेको छ । फागुन शुक्ल एकादशीलाई आमलकी भनिन्छ । ब्रह्माजीको उत्पत्तिसँगै सर्वप्रथम भगवानले अमलाको सृष्टि गर्नुभयो । आमलकको अर्थ पनि अमला भन्ने हुन्छ । अमलाको वृक्षका प्रत्येक अंगमा भगवानको वास रहने गर्छ । आज अमलाको विशेष पूजा हुँने गर्दछ । स्वर्ग र मोक्षको कामना गर्नेका निीम्त यो उत्तम दिन हो ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
साता मध्यम फलदायी रहने छ । कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्र सहयो मिल्ने छ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्ने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुने छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै अध्ययनमा पनि उल्लेख्य प्रगति हुने छ । सोम र मंगलबार खर्चमा वृद्धि हुने देखिन्छ ।
बृष राशी(नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
साता अर्थदायी रहने छ । कार्यमा सफलता हात पर्नुका साथै मान सम्मानका योग पनि देखिन्छन् । मित्र सहयोग मिल्ने छ । यात्रका अवसर पनि मिल्ने देखिन्छन् । विद्याको क्षेत्र बलवान छ । व्यापार व्यवसायमका उल्लेख्य प्रगति हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कर्म प्राप्तिको योग देखिन्छ । मंगल र बुधबार कार्यम अवरोध रहनेछ ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह):
साता अर्थकरी रहने छ । कार्यमा उन्नति हुनुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्ने छन् । श्रीवृद्धिको योग देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै आर्थिक उन्नति हुने छ । बिहीबारबाट खर्च बढ्नुका साथै शारीरिक कष्ट रहने देखिन्छ ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो):
साता फलदायी रहने छ । नयाँ काम मिल्ने योग देखिन्छ । सोचेका कार्य पूरा हुने छन् । मित्र सहयोग मिल्ने छ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । व्यवसाय बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । शुक्रबारबाट कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
साता लाभदायी रहने छ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्य क्षेत्रमा पनि अवरोध रहन सक्ने देखिन्छ । सो पश्चात्को समय उत्तम फलदायी रहने छ । कार्य प्राप्तिको योग देखिन्छ । रोजगारीका अवसर मिल्ने छन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै यात्राका योग पनि देखिन्छन् । मित्रजनको सरसहयोगबाट कार्यमा प्रगति हुने देखिन्छ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
साता उन्नतिकारक रहने छ । धन वृद्धिको योग देखिन्छ । सोचका काम पूरा हुने छन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने छ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै अध्ययनमा पनि प्रगति हुने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
साता फलदायी रहने छ । व्यवसायमा वृद्धि हुने छ । आर्थिक उन्न्ति हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता प्राप्त हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्ने छ । बिहीबारबाट कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु):
साता लाभदायी रहने छ । सोमबारसम्म खर्च बढ्नुका सागथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय फलदायी रहने छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर मिल्ने छन् । धनको क्षेत्र सबल छ । व्यापार व्यवसायमा उन्नति हुने छ । कार्य गर्ने सुअवसर प्राप्त हुने छ । विद्या लाभदायी रहने देखिन्छ ।
धनु राशी(नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय शुभ रहने छ । सामाजिक मान प्रतिष्ठा मिल्ने छ । पारिवारिक साथ सहयोेग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । व्यवसायको क्षेत्र मध्यम फलदायी रहने छ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
साता लाभदायी रहने छ । पराक्रम बढ्नुका साथै कार्य प्राप्तिको योग छ । धार्मिक कार्यमा रुचि जाग्ने छ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । कीर्ति वृद्धिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने योग देखिन्छ । व्यवसायमा बृद्धि हुने छ । पारिवारिक सुख मिल्नुका साथै विद्याबाट लाभ हुने देखिन्छ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द):
साता सुखद् रहनेछ । शत्रु निर्वल रहने छन् । विद्याको क्षेत्र सबल र सफल रहनेछ । मनमा नयाँ कार्य गर्ने उत्साह छाउने छ । स्वास्थ्यको क्षेत्र भने दुर्वल देखिन्छ । रोग बढ्नुका साथै शारीरक कष्ट रहने देखिन्छ ।सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने छ । आमदानीका क्षेत्र बढ्ने छन् । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । यान्त्रिक वस्तुबाट विशेष लाभ रहने छ ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
साता शुभ फलदायी रहने छ । सोचेका काम बन्ने छन् । मित्र सहयोग मिल्नुका साथै धन वृद्धिको योग देखिन्छ । पारिवारिक सुख मिल्ने छ । व्यापारमा वृद्धि हुने देखिन्छ । सन्तान सुख मिल्नुका साथै शत्रु पराजित हुने छन् । अध्ययनमा रुचि जाग्ने छ । मंगल र बुधबार कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।