काठमाडौं ३ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो ।
निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ । भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।
नयाा मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१-८१ रुपैयाँ पुगेको छ ।
गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।