विश्वकप फुटबलको २२ औं संस्करणः ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

विश्वकप फुटबलको २२ औं संस्करणः ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

एजेन्सी । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको मियामीमा हिजो बसेको फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ । फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको हो ।

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ । यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह आयोजक राष्ट्र थप्ने निर्णय पनि गरेको छ ।

कतार विश्वकप जाडो मौषममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएको थियो । फिफाको बैठकले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।

यस्तै, भारतले सन् २०२० को १७ वर्षमुनीको महिला विश्वकप आयोजना गर्ने भएको छ । अमेरिकामा हिजो बसेको फिफा काउन्सिलको बैठकमा अध्यक्ष जियानी ईन्फान्टिनोले उमेर समुहको महिला विश्वकपको आयोजना भारतलाई दिने घोषणा गर्नुभएको हो ।