महिला साफ च्याम्पियनसिप फुटबलः आज नेपाल र बंगलादेश खेल्दै

महिला साफ च्याम्पियनसिप फुटबलः आज नेपाल र बंगलादेश खेल्दै

एजेन्सी, २ चैत । महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि, हिजो भएको खेलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् ।

विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गरेसँगै समूह बी बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो । समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।