लोकसेवाको कार्यतालिका यो वर्ष अवरुद्ध

लोकसेवाको कार्यतालिका यो वर्ष अवरुद्ध

काठमाडौं, २चैत । लोकसेवा आयोगको कार्यतालिका (क्यालेन्डर) यो वर्ष अवरुद्ध भएको छ । कर्मचारी समायोजनको संक्रमणकालीन अवस्थाका कारण यस वर्ष आयोगले नियमित परीक्षा सञ्चालन गर्न सकेन ।

वार्षिक पाँच/छ लाखदेखि नौ लाख लोकसेवामा सहभागी हुन्छन् ।अघिल्लो आर्थिक वर्ष ५ लाख ५७ हजारले विभिन्न पदमा दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७३ ७४ मा ८ लाख ४४ हजारको दरखास्त परेको थियो । सबैभन्दा धेरै दरखास्त आह्वान हुने प्रशासन सेवा समुहमा यो वर्ष विज्ञापन नै गरिएन् । न्याय, संसद् सचिवालयलगायत केही सेवा समुहमा सीमित विज्ञापन गरिएको लोकसेलाले जानकारी दिएको छ । याे समाचार अन्नपूर्णमा छ ।