आफ्नै राशिफलः चैत २ गते, शनिबारको फलादेश

आफ्नै राशिफलः चैत २ गते, शनिबारको फलादेश

चैत महिनाको २ गते शनिबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको दशमी तिथि बेलुका ७।९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । पुनर्वसु नक्षत्र राति १०।२० बजेसम्म रहनेछ । यसैगरी आज शोभन योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६।१५ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ । चन्द्रमा मिथुन राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछ ।

मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

व्यापार बढ्ने, कार्य लाभका साथै यात्राको योग देखिन्छ ।

बृष राशी(नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):

पराक्रम बढ्ने, आर्थि उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह):

मीष्ठान्न लाभ हुनेछ, धन प्राप्त्किा साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो):

कार्य अवरोध, शत्रु भयका साथै आर्थिक अस्थिरता रहनेछ ।

सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

आर्थिक लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

द्रव्य लाभ, मित्र सुखका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

आर्थिक लाभ, व्यापार बढ्नुका साथै कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक राशीकाे लागि (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु):

खर्च बढ्ने, शत्रु भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

धनु राशी(नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

श्रीवृद्धि, कार्य लाभका साथै यात्राको योग देखिन्छ ।

मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि):

प्रिय लाभ, आय बढ्नुका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द):

आर्थिक लाभ, श्रीवृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।