आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुप हुनपर्दछ : प्रधानमन्त्री

आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुप हुनपर्दछ : प्रधानमन्त्री

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु जागरुप हुनुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय,उद्यमी,व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुनेगरी काम गर्न स्मरण गराउनु भएको छ । “उद्यमी व्यवसायीहरुले उपभोक्ता अधिकारको संरक्षण सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “यस क्षेत्रमा सक्रिय नियामक निकायहरुले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशिल हुनु पर्ने खाँचो छ ।”

संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकार सम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानुनहरुको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हर तरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।