आज विश्व उपभोक्ता अधिकार दिवस, विविध कार्यक्रम गरी मनाइदै

आज विश्व उपभोक्ता अधिकार दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं, १ चैत । आज विश्व उपभोक्ता अधिकार दिवस, हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाउने गरिन्छ । आज विश्वभरी नै उपभोक्ता अधिकारका विभिन्न विषयमा छलफल हुनेगर्छ ।

सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पहिलो पटक उपभोक्ता अधिकारका अवधारणा ल्याउनुभएको थियो । यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । “गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सवैको अधिकार” मूल नाराका साथ आज ३७ औं विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागिएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज दिउँसो साढे २ बजे बानेश्वरमा कार्यक्रम गर्दैछ । मौलिक हक र उपभोक्ता संरक्षण ऐन कानुन कार्यन्वयनको अवस्था विषयको कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल पनि सहभागी हुनुहने कार्यक्रम छ ।

आज देशैभरी उपभोक्ताको अधिकार, बनेका कानुन र सचेतताका विषयमा छलफल हुँदैछ । उपभोक्ता अधिकार दिवस मनाइँ रहँदा उपभोक्ता सबैभन्दा बढि ठगीमा पर्ने गरेको पाइएको छ ।