सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख

सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख

काठमाडाै‌ । अाज बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र टुंगो लगाएको छ। बालुवाटारमा अाज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि थाती रहेको प्रदेश प्रमुख र अस्थायी केन्द्र टुंगो लगाएको हो।

अस्थायी केन्द्र कहाँ  प्रदेश प्रमुखमा काे ?

प्रदेश १ को केन्द्र विराटनगर तोकिएको छ भने प्रदेश प्रमुखमा गोविन्द सुब्बा।

प्रदेश २ को केन्द्र जनकपुर तोकिएको छ भने प्रमुख रत्नेश्वर लाल कायस्थ।

प्रदेश ३ को केन्द्र हेटौंडा तोकिएको छ भने अनुराधा कोइराला प्रमुख।

प्रदेश ४ को केन्द्र पोखरा छ भने प्रमुख बाबुराम कुवँर।

प्रदेश ५ को केन्द्र बुटवल तोकिएको छ भने उमाकान्त झा प्रमुख।

प्रदेश ६ मा सुर्खेत केन्द्र तोकिएको छ भने प्रमुख दुर्गाप्रसाद खनाल।

प्रदेश ७ को केन्द्र धनगढी तोकिँदा प्रमुखमा मोहनराज मल्ल चयन भएका छन्।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।