काठमाडौं, ३० फागुन । संसदका समितिहरुले आज नीतिगत विषयमा छलफल गर्ने भएका छन् । आज संसदका चारवटा समितिको बैठक बस्दैछ । उद्योग वाणिज्य र श्रम तथा उपभोक्त हित समितिमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण कानुनका विषयमा छलफल हुनेछ ।
कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयकमा छलफलमा शिक्षा, उद्योग र कृषिमन्त्रीलाई बोलाइएको समितिले जनाएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ । आजको बैठकमा नागरिकता ऐनका विषयमा छलफल हुनेछ ।
बैठक दिउँसो १२ बजे बस्नेछ । आज विधायन व्यवस्थापन समितिमा विज्ञापन नियमन गर्ने विधेयकमा छलफल हुनेछ । विकास तथा प्रविधि समितिको बैठक पनि बोलाइएको छ । मध्यान्न १२ बजे बोलाइएको बैठकमा द्रुतमार्ग र हुलाकी सडकको स्थलगत अध्ययन प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।