सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

काठमाडौँ,३० फागुन –आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी)सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए,