

काठमाडौं,२९ फागुन । साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज भारत र माल्दिभ्स भिड्दै छन् ।समुह बीमा रहेका दुवै टोली जित निकाल्दै सेमिफाईनल यात्रा सहज बनाउन चाहन्छन् ।
सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससंग खेलेको थियो । सो खेल गोल रहित बराबरीमा सकिएको थियो ।प्रतियोगिता अगाडी भारतीय टिमले हङकङ र ईन्डोनेसियासंग मैत्रिपुर्ण म्याच खेलेको थियो । साथमा टर्कीमा भएको टर्किस वुमन्स कप र घरेलु मैदानमा हिरो गोल्डकप समेत खेलेको थियो । पछिल्ला बर्षमा भारतीय टिमले एक साथ खेलिरहेको छ ।
टोलीले एएफसी वुमन्स कपको दोस्रो चरण र साफको तयारीलाई संगसंगै अघि बढाएको थियो । साफका पछिल्ला ४ संस्करणमा भारतीय टिम अपराजित छ । उसले लगातार १९ खेलमा पराजय भोगेको छैन।
उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको थियो । विराटनगरको सहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।