सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो:आवेदन फारम भर्न पाइने जिल्लाहरु सहित

सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो:आवेदन फारम भर्न पाइने जिल्लाहरु सहित

बुटवल,२९ फागुन- सशस्त्र प्रहरी बलले यस पालादेखि रिक्त पदपूर्ति सम्वन्धी नयाँ व्यवस्था गरेको छ । नयाँ ब्यवस्थाअनुसार यसअघि बाहिनीबाट मात्र आवेदन भर्न पाउँदै आएकोमा अबदेखि ईच्छुकहरुले आफुलाई नजिक पर्ने कुनै पनि जिल्लाका सशस्त्र प्रहरीको युनिटहरुबाट आवेदन फारम भरी प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

जसमध्ये १ हजार ७ सय ७७ जना खुल्ला प्रतियोगिताबाट छनौट हुने छन् । समावेशी महिलातर्फ २ सय ९७ जना समावेशी आदिवासी जनजाती तर्फ ४ सय ७५ जना, दलिततर्फ २ सय २२ जना, पिछडिएको क्षेत्रतर्फ ७४ जना, अमर, अशक्त सशस्त्र कर्मचारीका सन्ततितर्फ ३६ जनाको कोटा छुट्टाइएको छ ।फागुन २४ गते देखि एकमहिना सम्मका लागि सशस्त्र प्रहरी जवानको आवेदन आव्हान गरिएको सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा प्रमुखले जानकारी दिए । उनका अनुसार यो पछिल्लो भर्ना आवेदनमा कुल ३ हजार २ सय ९७ जना सशस्त्र प्रहरी जवान छनौट गरिने छ ।

प्रदेश ५ काे हकमा कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही, दाङ्ग, पर्वी नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी सम्मकालाई सीमासुरक्षा तालिम केन्द्र बर्दघाटमा परीक्षा लिइने छ । त्यस्तै बाँके र वर्दिया सम्मकालाई सशस्त्र प्रहरी जवान तालिम केन्द्र नौबस्ता बाँकेमा परीक्षा लिइने छ ।

सुनसरी, ईलाम, झापा, मोरङ्ग, उदयपुर, ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम, संखुवासभा,भोजपुर, धनकुटा र खोटाङ्गका प्रतियोगीहरुलाई नम्वर १ बराह बाहिनी पकली सुनसरीमा परीक्षा लिइनेछ । महोत्तरी,सिराह, धनुषा, सर्लाही, रौताहट बारा पर्साका लागि नम्वर २ बाहिनी छिन्नमस्ता बाहिनी बर्दिवासमा परीक्षा लिइने छ ।

त्यस्तै कास्की, तनहुँ, पर्वत, गोरखा, स्याङ्गजा, मनाङ्ग मुस्ताङ्गवासीले नम्वर ४ मुक्तिनाथ बाहिनी पोखरामा परीक्षा दिने व्यवस्था मिलाइएको छ । सुर्खेत,जुम्ला,मुगु, डोल्पा, पश्चिम रुकुम र हुम्लामा फारम भरेकाहरुले नम्वर ६ महेश्वरी बाहिनी सुर्खेतमा परीक्षा दिन पाउने छन् । कैलाली, डोटी, कञ्चनपुर, अछाम, दार्चुला, बैतडी र डढेल्धुरावासीले नम्वर ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

पछिल्लो यो भर्ना आवोदन हिमाली जिल्लामा ७, पहाडी जिल्लामा ३० र तराई २१ सहित ५८ जिल्लामा खोलिएको हो ।