आफ्नै राशिफलः फागुन २९ गते, बुधबारको भाग्याफल हेर्नुहोस्

आफ्नै राशिफलः फागुन २९ गते, बुधबारको भाग्याफल हेर्नुहोस्

फागुन महिनाको २९ गते बुधबार, इश्वी सन् २०१९ मार्च १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– सप्तमी, २४:१६ बजेउप्रान्त अष्टमी। नक्षत्र– रोहिणी, २५:२६ बजेउप्रान्त मृगशिरा। योग– विष्कम्भ, ११:०३ बजेउप्रान्त प्रीति। करण– गर, १२:४९ बजेदेखि वणिज, २४:१६ बजेउप्रान्त भद्रा। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ४० पला। सर्वार्थसिद्धियोग २४:१६ बजेसम्म। आज सप्तमी तिथि सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अर्थउपार्जनको समय छ । धन प्राप्तिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिठा खानेकुरा खान पाइने छ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ख्याल गर्न होला विरोधी बलिया रहनेछन्, आर्थिक अस्थिरताका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीमा वृद्धि हुनेछ, धन लाभका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाईमा रुचि जाग्नेछ, मित्र सुखका साथै धार्मिक यात्राका योग देखिन्छन् ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समाजसेवामा मन जाने छ । हरेक काममा लाभ हुनुकासाथै अध्ययनमा सफलता मिल्नेछ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सजग रहनु होला काममा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा लाभ छ । व्यवसायमा वृद्धि हुनेछ, मित्र लाभका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राम्रो दिन छ । कान्ति वृद्धि हुनेछ, प्रिय लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीसंगीको साथ राम्रो होला । काममा उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाईमा सफलता मिल्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीसंगीको साथ राम्रो होला । श्रीवृद्धिका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।