

विराटनगर, २८ फागुन । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेल आज देखि शुरु हुँदैछ । मोरङको विराटनगरमा शुरु हुँने आजकाे खेलमा घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ ।
विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ । बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले सुरुवातमा समूह चरण पार गर्ने लक्ष्य लिएको बताईसकेका छन् ।
प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने एन्फाले जनाएको छ । उद्घाटन अघि झाकीसहित बिशेष प्रस्तुती हुनेछ ।पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकहो साथ पनि हुनेछ ।त्यसैले प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।
तर, भुटानले नेपाललाई कडा टक्कर दिने बताएको छ । भुटानका कप्तान सोन्मा छोडेनले नेपाललाई चुनौती दिने गरि तयारी गरेको बताएकी छिन् ।यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।