आफ्नै राशिफलः फागुन २८ गते, मंगलबारको भाग्याफल

आफ्नै राशिफलः फागुन २८ गते, मंगलबारको भाग्याफल

२०७५ साल फागुन महिनाको २८ गते मंगलबार । इश्वी सन् २०१९ मार्च १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– षष्ठी, २५:१४ बजेउप्रान्त सप्तमी। नक्षत्र– कृत्तिका, २५:४५ बजेउप्रान्त रोहिणी। योग– वैधृति, १२:४६ बजेउप्रान्त विष्कम्भ। करण– कौलव, १३:३३ बजेदेखि तैतिल, २५:४४ बजेउप्रान्त गर। आनन्दादिमा गद योग। चन्द्रराशि– मेष, ७:४१ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:२० बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ३५ पला। सर्वार्थसिद्धियोग २५:४५ बजेसम्म।

मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अर्थकाे काममा उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हरेक काममा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शारीरिक आलश्यता पनि बढ्नेछ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीसंगीबाट सुख मिल्नेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अर्थ लाभ हुनेछ, कीर्ति वृद्धिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीसंगीबाट सुख मिल्नेछ, धन लाभका साथै सामाजिक कार्यमा मन जाने देखिन्छ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै मनमा चपलता रहनेछ ।

वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीसंगीबाट सुख मिल्नेछ, व्यवसायमा वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अर्थ लाभ हुनेछ, व्यापार बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कान्ति वृद्धि हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।