काठमाडौं । नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक माघ ४ गतेका लागि डाकिएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो । माघ ४ गते बिहान ८ बजे बालुवाटारमा बस्ने बैठक राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिमा केन्द्रीत हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।