काठमाडौँ,२६ फागनु ।चैत १ बाट रिलिज हुन लागेको चलचित्र ‘पुरानो बुलेट’को पथरीमा च्यारिटी शो गरिएको छ । केही दिन अगाडी पथरीको कञ्चन चलचित्र मन्दिरमा च्यारिटी शो गरिएको थियो । च्यारिटी शोमा सिनेमा हेरेका सबै दर्शकहरुले ‘पुरानो बुलेट’ लाई राम्रो प्रतिक्रिया दिएका छन् ।
चलचित्र हेर्न करीब ५ सय बढी दर्शक उपस्थिति थिए ।दर्शकसँगै बसेर अभिनेता अनुप विक्रम शाही, अभिनेत्री माला लिम्बु, निर्देशक भीषण राई र कार्यकारी निर्माता सन्तोष राईले पनि चलचित्र हेरेका थिए । क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्र गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थको लागी पथरीमा च्यारिटी शो गरिएको कार्यकारी निर्माता राईले बताए ।
पूर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको चलचित्रलाई पथरीमा दर्शकले सोचेको भन्दा धेरै राम्रो भएको बताएका छन् । नायक अनुप विक्रम र मालाले दर्शकबाट राम्रो प्रतिक्रियाबाट खुसी देखिए । वर्षा सिवाकोटी, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमणी दवाडीलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
चलचित्रको कथा–पटकथा निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेको चलचित्रमा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे। वाइवाकोे संगीत, कोरियोग्राफी प्रसान्त तामाङको रहेको छ । यो चलचित्रको ‘मंसिर १५’ बोलको गीत अहिले चर्चामा छ ।