फेरी जन्मियो नेपालमा अर्को कम्युनिस्ट पार्टी (हेर्नुहोस्)

फेरी जन्मियो नेपालमा अर्को कम्युनिस्ट पार्टी (हेर्नुहोस्)

काठमाडौं, २ माघ । नेपालमा रहेका कम्युनिष्ट पार्टीहरु एक हुने चर्चा चलिरहेकै बेला नेपालमा अर्को कम्युनिष्ट पार्टीको जन्म भउको छ । आज नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको हो । वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित पार्टीमा २१ केन्द्रीय सदस्य छन् ।

नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताउनुभयो । पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो ।