कांग्रेस सांसद अमरेश सिंह र प्राध्यापक जोशीले कसे लगनगाँठो

कांग्रेस सांसद अमरेश सिंह र प्राध्यापक जोशीले कसे लगनगाँठो

काठमाडौं, २५ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेश कुमार सिंह र त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक लक्ष्मी जोशीले आज विधिवत विवाह गरेका छन् । उनी दुवैले धेरै वर्षपछि बल्ल जीवनसाथी फेला पारेका हुन्छ ।आज (फागुन २५ गते बिहान) ललितपुरको बंगलामुखी मन्दिरमा सांसद सिंह र कञ्चनपुरकी लक्ष्मी जोशीबीच लगन गाँठो कसिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आएकी जोशीको पहिलो वैवाहिक जीवन सफल नभएपछि एक दशकभन्दा लामो समयदेखि एकल जीवन विताउँदै आएकी थिइन् भने सांसद सिंहको पनि पहिलो वैवाहिक जीवन सुखद हुन सकेको थिएन। डा. सिंहले २०६४ सालमा झापाकी एक युवतीसँग विवाह गरेपनि २०६७ सालमा उनीहरुबीच सम्बन्ध बिच्छेद भएको थियो।

कानूनी रूपले सम्बन्ध बिच्छेद गरिसकेका जोशी र सिंहबीच केही वर्षअघि चिनजान भएपछि उक्त चिनजान मित्रतामा रूपान्तरित भएको र अहिले मित्रता वैवाहिक जीवनमा बदलिएको हो ।