

काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आइडल सिजन २ का फर्स्ट रनरअप बिक्रम बरालको नयाँ गीत सार्बजनिक भएको छ । फिल्म ‘ब्रेकअप’को नयाँ गीतमा नेपाल आइडल सिजन २ का फर्स्ट रनरअप बिक्रम बरालको स्वर रहेको छ । यो फिल्मको गीत ‘गुपचुप’ रिलिज भएको हो ।
गीतमा शब्द प्रकाश मल्ल र सङ्गीत कालीप्रसाद बास्कोटाले भरेका हुन्। यस फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुन्। फिल्मको मुख्य कलाकारमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की रहेका छन्। फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । फिल्मलाई नरेन्द्र मैनालीले छायाङ्कन गरेका छन् ।
भिडियो हेर्नुहोस्