नेकपाका अध्यक्षद्धय ओली र दाहाल आज मधेश जाँदै

नेकपाका अध्यक्षद्धय ओली र दाहाल आज मधेश जाँदै

रौतहट, २५ फागुन । तत्कालिन एमाले र माओवादी पार्टी एकीकरणपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय मधेश जादै हुनुहुन्छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल रौतहटमा आज हुने जनसभालाई सम्बोधन गर्न जान लाग्नुभएको हो । रौतहटको गरुडामा हुने प्रदेशस्तरीय जनसभालाई दुवै अध्यक्षले सम्बोधन गर्न लागेको नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले जानकारी दिनुभयो ।