

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने समावेश रहेको टिम लाहोर क्यालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको नवौं खेलमा आज इस्लामावाद युनाइटेडसँग प्रतिस्पर्धा गर्न लागेको छ ।
पाकिस्तानको कराँचीमा हुने लाहोर र इस्लामावादबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ । ९ खेलमा ४ जित हात परेको इस्लामावाद ८ अङ्क सहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । ८ खेलमा ३ जित हात पारेको लाहोर ६ अङ्क सहित पाँचौ स्थानमा रहेको छ ।