शनिबारको आफ्नै राशिफलः फागुन २५ गते कस्ताे छ फलादेश ?

शनिबारको आफ्नै राशिफलः फागुन २५ गते कस्ताे छ फलादेश ?

२०७५ साल फागुन महिनाको २५ गते शनिबार हो । इश्वी सन् २०१९ मार्च ९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, २५:१३ बजेउप्रान्त चतुर्थी। नक्षत्र– रेवती, २३:५१ बजेउप्रान्त अश्विनी। योग– शुक्ल, १५:३७ बजेउप्रान्त ब्रह्म। करण– तैतिल, १२:४६ बजेदेखि गर, २५:१३ बजेउप्रान्त वणिज। आनन्दादिमा धाता योग। चन्द्रराशि– मीन, २३:५१ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:२३ बजे, सूर्यास्त– १८:०८ बजे र दिनमान २९ घडी २३ पला। धनिष्ठा पञ्चक २३:५१ बजे समाप्त। वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको तृतीया तिथि राति १:१३ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र राति ११:५१ बजेसम्म रहनेछ । यसैगरी आज शुक्ल योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६:२३ मा छ भने सूर्यास्त बेलुका ६:०८ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण शुभ रहनेछ ।

मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मित्र भय रहनेछ ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक स्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै कार्यमा सजगता उचित देखिन्छ ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुखद् यात्राका योग देखिन्छन्, मनमा प्रशन्नताका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रम बढ्नेछ, धन लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रिय लाभ हसनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै मनमा उत्साह छाउनेछ ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा वृद्धि हुनेछ, कार्यलाभका साथै आर्थिक उन्नति हुने देखिन्छ ।