

२०७५ साल फागुन महिनाको २४ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको द्वितीया तिथि राति १२ः११ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र राति १०ः१४ बजेसम्म रहनेछ । यसैगरी आज शुभ योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६ः२४ मा छ भने सूर्यास्त बेलुका ६ः०७ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् । आज नारी दिवस परेको छ । मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय नारी दिवस मनाइन्छ । पौरस्त्य धर्मशास्त्रका पिता मनुले जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् भनी नारीको प्रशंसा गरेका छन् ।
मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कीर्ति लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक सुख मिल्नेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् यात्राका योग देखिन्छन्, मनमा प्रशन्नता रहनुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ ।
कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
द्रव्य लाभ हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।
तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रिय लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।
वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।
मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
द्रव्य लाभ हुनेछ, आर्थिक उन्नतिका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गृह सुख मिल्नेछ, व्यपारमा वृद्धिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।