बैंककमा ओली–हिमानी भेट (के भयो कुरो हेर्नुहोस्)

बैंककमा ओली–हिमानी भेट (के भयो कुरो हेर्नुहोस्)

काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते बैंकक गएका एमाले अध्यक्ष खड्गप्रसाद ओली अगामी बुधबार मात्रै स्वदेश फर्कने भएका छन् । १० वर्षअघि दुवै मृगौला प्रत्यारोपण गरेका ओलीको खासै ठूलो स्वास्थ्य समस्या नदेखिए पनि केही दिन आराम गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।
माघ १ गते सोमबार स्वदेश फर्कने कार्यतालिका बनाइए पनि चिकित्सकको परामर्शपछि उनी थप तीन दिन बैंकक बस्न लागेका हुन् । दुई दिन लगाएर ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि ओलीले सामान्य भेटघाटसमेत गर्न थालेका छन् । गत शनिबार उनी यति एयरलाइन्सका आङछिरिङ शेर्पाले बैंकको सुक्मित–२४ स्थित सिफुड रेस्टेरेन्टमा आयोजित डिनर कार्यक्रममा सहभागी भएका थिए । उक्त अवसरमा ओलीको पूर्वयुवराज्ञी हिमानी शाहसँग पनि संयोगले भेट भएको थियो । हिमानी पनि छोरीका साथ डिनरमै थिइन् । तर स्वास्थ्य अवस्था तथा हालखबर सोध्नेबाहेक अरु कुराकनी भएन । दुवैले एक अर्कालाई नमस्कार गर्दै हात मिलाएका थिए । ओली सांग्रिला होटलमा बसेका छन् । तरुणखबरमा समाचार छ । दुई वर्षअघि बैंककस्थित बुमरुनगार्ड इन्टरनेसनल हस्पिटलमा  ओलीको झन्डै एक महिना उपचार गराइएको थियो ।