

२०७५ साल फागुन महिनाको २३ गते । तदनुसार ई. सं. २०१९ मार्च ०७ तारिख, आजको चाडपर्व र उत्सव : ग्याल्बो ल्होत्सार, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि, बेलुका १०:४५ बजेसम्म, त्यसपछि द्वितीया तिथि, पूर्वाभाद्रा नक्षत्र, बेलुका ०८:१० बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, आजको चन्द्रमा कुम्भ राशिमा, दिउँसो ०१:३६ बजेसम्म, त्यसपछि मीन राशिमा, साध्य योग, दिउँसो ०३:३४ बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा किंस्तुघ्न करण बिहान ०९:५३ बजेसम्म, त्यसपछि बब करण बेलुका १०:४६ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४३ देखि ०३:११ सम्म, यमघण्ट : बिहान ०६:२६ देखि ०७:५३ सम्म, गुलिक काल : बिहान ०९:२१ देखि १०:४८ सम्म ।
आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:२६ देखि ०७:५३ सम्म, साँझ ०४:३८ देखि ०७:३९ सम्म र मध्यरात्रीपछि ०४:५४ देखि ०६:२६ सम्म, अमृत वारवेला : दिउँसो ०१:४३ देखि ०३:११ सम्म र बेलुका ०७:३९ देखि ०९:११ सम्म, चर वारवेला : दिउँसो १०:४८ देखि १२:१६ सम्म र बेलुका ०९:११ देखि १०:४३ सम्म, रोग वारवेला : बिहान ०७:५३ देखि ०९:२१ सम्म र बेलुका १०:४३ देखि १२:१६ सम्म, काल वारवेला : दिउँसो ०३:११ देखि ०४:३९ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:४८ सम्म, लाभ वारवेला : दिउँसो १२:१६ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:४८ देखि ०३:२१ सम्म, उद्वेग वारवेला : बिहान ०९:२१ देखि १०:४८ सम्म र मध्यरात्रीपछि ०३:२१ देखि ०४:५४ सम्म , यसैगरी आज ग्याल्पो लोसार पनि परेको छ ।
मेष राशिः(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य लाभ हुनेछ, मित्र सुख रहे पनि मध्याह्न पछिको समय संघर्षमय रहने देखिन्छ ।
वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक लाभ हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पराक्रम बढ्नेछ, कार्य लाभका साथै दिन सुखद् रहने देखिन्छ ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मध्याह्नपछिको समय सुखद् रहनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
सिंह राशिः(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र सुख मिल्नेछ, कार्य उन्नतिका साथै दिनको उत्तरार्धमा आर्थिक अस्थिरता रहने देखिन्छ ।
कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।
वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिनको उत्तराद्र्ध लाभदायी रहनेछ, धन लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पराक्रम बढ्नेछ, आय बढे पनि उत्तराद्र्धबाट व्यवमा वृद्धि हुने देखिन्छ ।
मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक वस्तु लाभदायी रहनेछन्, कीर्ति वृद्धिका साथै अध्ययनमा पनि रुचि जाग्ने देखिन्छ ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा प्रशन्नता रहनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।