बेइजिङ, २२ फागुन – चीनमा गत एक महिनाको अवधिमा छ लाख ३० हजार जना नागरिक प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् ।
प्रकोप व्यवस्थापन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत फेब्रुअरी महिना भरीमा यति ठूलो सङ्ख्यामा नागरिक प्रभावित भएका हुन् ।सो अवधिमा बेपत्ता हुने र मृत्यु हुनेको सङ्ख्या भने छ जना रहेको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
गत महिना चीनमा भूकम्प, न्यून तापक्रम ९अति जाडो०, हिमपात, बाढी, पहिरो, ठूलो वर्षा, जङ्गलमा आगलागीलगायतका प्राकृतिक प्रकोपका घटनाहरु भएका थिए ।विभिन्न प्राकृतिक प्रकोपका कारण ३२ हजार जना विस्थापित भएर अन्यत्र बस्न थालेको मन्त्रालयले जनाएको छ ।
भूकम्पका कारणले मात्र फेब्रुअरी महिनामा दुई जनाको मृत्यु भएको छ भने ४४ हजार जना प्रभावित भएका छन् ।प्रकोपले गर्दा घरहरुसहित धेरै भौतिक संरचनाहरुमा क्षति पुगेको समाचारमा जनाइएको छ ।रासस