पछिल्लो केही समययता नेपाली चलचित्रको बजार बिस्तार भइरहेको छ । राम्रो चलचित्र बनाउने हो भने करोडौ कमाउन सकिन्छ भन्ने उदाहरण पछिल्ला केही चलचित्रले दिइसकेका छन् । अचेल चलचित्र मेकर हलबाट भन्दा पनि ओभरसिज र डिजिटल राइट्सबाट आफ्नो लगानी उठाउन थालिसकेका छन् ।
यस्तै भएको छ चलचित्र शत्रु गतेमा पनि । चैत्र ९ गते प्रदर्शनको तयारीमा रहेको शत्रु गतेलाई ओएसआर डिजिटलले महँगो रकममा खरिद गरेको छ ।
ओएसआरले १ करोड ११ लाखमा यो चलचित्रको डिजिटल र ओभरसिज राइट्स किनेको बताइएको छ। जुन अहिले सम्मको मंहगो हो । प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रलाई कलाकार किरण केसीले निर्माण गरेका हुन् भने चलचित्रलार्ई महसंचारले प्रस्तुत गरेको हो ।यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ ।