साँगामा कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

साँगामा कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक, २२ फागुन- बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताउनुभयो । उहाँले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० तयारी गरी गुरुयोजनासमेत निर्माण गर्न कन्सल्टेन्सी छनोट गरी जिम्मा दिइसकिएको जानकारी दिनुभयो ।

मन्त्रालयले गुरुयोजनाका लागि रु ३० लाख छु्ययाएको उहाँले बताउनुभयो । “गुरुयोजनाअनुसार विश्वविद्यालय निर्माणार्थ प्रदेश तथा केन्द्र सरकारबाट आवश्यक बजेट उपलब्ध हुनेछ”, उहाँले भन्नुभयो ।विश्वविद्यालयका लागि प्रदेशसभा सदस्य हुमागाईं, जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, मन्त्रालयका उपसचिव रमा मानन्धर, बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहाल, बनेपा नपा १४ नं वडाध्यक्ष गौरी राउतको टोलीले जमीनको निरीक्षण गरेको हो ।

विश्वविद्यलायका लागि बनेपा नपाले १४ नं वडाको १४९ रोपनी जमीन दिइने नगरप्रमुख वादेले बताउनुभयो ।