आज फागुन महिनाको २२ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको औँशी तिथि राति ८।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र बेलुका ५।५० बजेसम्म रहनेछ । यसैगरी आज सिद्धि योग र चतुष्पद करण रहेको छ । आज सूर्योदय ६।२६ मा छ भने सूर्यास्त बेलुका ६।०६ बजे हुनेछ ।
मेष राशिः(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापारमा वृद्धि हुनेछ, आर्थिक लाभका साथै मित्र सहयोग हुने देखिन्छ ।
वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यापारमा वृद्धि हुनेछ,
मिथुन राशिः(का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा रुचि जाग्नेछ, पारिवारिक सुख मिल्नेछ साथै सुखद् यात्राकाे योग देखिन्छन् ।
कर्कट राशिः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
सिंह राशिः(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र सुख मिल्नेछ, कार्य उन्नतिका साथै आर्थिक उन्नति हुने देखिन्छ ।
कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कार्यमा मन जानेछ, व्यापारमा वृद्धि हुनेछ साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
तुला राशिः(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्र सुख मिल्नेछ, कार्य लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यमा अवरोध रहनेछ, खर्च देखिन्छ साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्र सुख रहनेछ, कार्य लाभ रहनेछ साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रिय लाभ हुनेछ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराक्रम बढ्नेछ, कार्य उन्नति हुने देखिन्छ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य अवरोध रहनेछ, आर्थिक अस्थिरता रहनेछ साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।