ओलीको थाइल्याण्डमा स्वास्थ्य परिक्षण सकियो, अहिले पारिवारिक भेटघाटमा व्यस्त

ओलीको थाइल्याण्डमा स्वास्थ्य परिक्षण सकियो, अहिले पारिवारिक भेटघाटमा व्यस्त

नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षण पश्चात पारिवारिक भ्रमणमा निस्किएका छन्।

बैंककस्थित बुमरुमगाढ अस्पतालमा स्वास्थ्य परिक्षण गराएका एमाले अध्यक्ष ओेलीको स्वास्थ्य रिपोर्ट राम्रो देखिएपछि केही दिन बैेंकमा आराम गर्ने भन्दै होटल सांग्रीलामा बसीरहेका ओली सोमबार बिहान फेमिली टुर (पारिवारिक भ्रमण)का लागि बैंकक बाहिर गएको स्रोेतले बतायो।

यसअघि स्वास्थ्य परिक्षण गरेर ओली सोमबार नै स्वदेश फर्किने बताइएको थियो। तर, अस्पतालकोे रिपोेर्ट आएपछि ओलीसँगै बैंककमा रहेका एमाले प्रचार विभाग सचिव विष्णु रिजालले आफ्नोे फेसवुकमार्फत ओलीकोे स्वास्थ्य एकदमै ठिक भएको र उहाँ आरामका लागि अझै एक दुई दिन बैंककमैै रहने बताएका थिए।

थप केही दिन आराम गर्ने भन्दैै बैंककमा बसेका ओली सपरिवार बैंकक बाहिर भ्रमणमा निश्किएपनि कुन स्थानको भ्रमण भन्नेबारे केही बताइएको छैन्। स्रोतका अनुसार, ओली सोमबार र मंगलबार भ्रमण गरी बुधबार बैंकक फर्किने र बिहीबार मात्रै स्वदेश फर्किने तयारीमा रहेका छन्।