महाशिवरात्रि दिनको राशिफलः फागुन २० गते,सोमबारको भाग्याफल

महाशिवरात्रि दिनको राशिफलः फागुन २० गते,सोमबारको भाग्याफल

आज फागुन महिनाको २० गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको त्रयोदशी तिथि बेलुका ४।४० बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । श्रवण नक्षत्र दिवा १२।३९ बजेसम्म रहनेछ । यसैगरी आज परिघ योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२८ मा छ भने सूर्यास्त बेलुका ६।०५ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।

आज महाशिवरात्रिपर्व परेको छ । यसैगरी आज सोमबार पनि परेको छ । सोमबार शिवजीको प्रिय दिन हो । यस्तो सुअवसर विरलै प्राप्त हुने गर्दछ ।यसरी भगवान्को प्रिय बार सोमबार परेकाले पनि यस वर्षको शिवरात्रि विशेष रहेको हो । शिवरात्रि शिव उपासनाको उत्तम दिन हो । रात्रि तमको प्रतीक हो । शिवजीको उपासनाले अन्धकारबाट पनि मुक्ति मिल्ने भएकाले महाशिवरात्रिको विशेष महिमा बताइएको हो ।शिवरात्रिको पूजा मध्यरात्रिमा गर्नु शुभ मानिएको छ ।आज शिवजीको आरधना गर्नाले मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ ।

मेष राशिःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धन प्राप्ति,द्रव्य लाभ हुनेछ, यात्राको योग देखिन्छ ।

वृष राशिःबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ । आर्थिक लाभ हुनेछ।

मिथुन राशिःमिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य अवरोध, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहनेछ ।

कर्कट राशिःकर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

सिंह राशिःसिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा रुचि जाग्नेछ, आर्थिक लाभ हुनेछ, साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्र सुख मिल्नेछ, कार्य लाभका साथै भौतिक वस्तुबाट लाभ हुने देखिन्छ ।

तुला राशिः तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्र अवरोधका साथै शारििरक आलश्यता रहने देखिन्छ,कार्यमा अवरोध रहनेछ।

वृश्चिक राशिःबृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य लाभ हुनेछ, पारिवारिक सुख मिल्ने देखिन्छ ।

धनु राशिः धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा रुचि जाग्नेछ, मित्र लाभ हुनेछ,साथै व्यवसायमा वृद्धि हुनेछ ।

मकर राशिः मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मीष्ठान्न प्राप्ति हुनेछ, कार्य प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ ।

मीन राशिः मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयमा वृद्धि हुनेछ, कार्यप्राप्तिका लाभका साथै गृह सुख मिल्ने देखिन्छ ।