भारतीय वायु सेनाका पाईलट अभिनन्दन पाकिस्तानबाट रिहा

भारतीय वायु सेनाका पाईलट अभिनन्दन पाकिस्तानबाट रिहा

काठमाडौं, १८  फागुन- भारतीय वायु सेनाका विंग कमाण्डर अभिनन्दन वर्तमान हिजो राति भारत फर्कनुभएको छ ।

हवाई आक्रमणका लागि पाकिस्तानी क्षेत्र गएका बेला उहाँलाई पाकिस्तानको वायु सेनाले नियन्त्रणमा लिएको थियो । पाकिस्तानले अभिनन्दनलाई भारत फिर्ता गरेको हो । अभिनन्दन हिजो राति वाघा–अटारी सीमा क्षेत्रको मार्ग हुँदै भारत आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी अधिकारीले अभिनन्दनलाई राति करिब ९ बजेर २० मिनेट जाँदा भारतीय अधिकारीलाई सुम्पिएका थिए ।

अभिनन्दनले आफू स्वदेश फर्किन पाएकोमा खुशी व्यक्त गरेको भारतीय वायु सेनाले जनाएको छ ।