आफ्नै राशिफलः फागुन १८ गते, शनिबार तपाईंको दिन हेर्नुहाेस्

आफ्नै राशिफलः फागुन १८ गते, शनिबार तपाईंको दिन हेर्नुहाेस्

फागुन महिनाको १८ गते शनिबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको विजया एकादशी तिथि दिवा १२।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र विहान ७।५७ बजेसम्म रहनेछ । यसैगरी आज व्यतिपात योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३० मा छ भने सूर्यास्त बेलुका ६।०४ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् । फागुन कृष्णपक्षको एकादशीलाई विजया एकादशी भनिन्छ । कार्यमा सफलता प्राप्तिका निम्ति आजको व्रत फलदायी रहनेछ । एकादशी विष्णु भगवान्को प्रिय दिन हो । आज व्रत धारण गरी भगवान्का लीलाकथा श्रवण गर्नाले मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक उन्नति हुनेछ, गृह सुख मिल्नुका साथै रमाइलो दिन रहने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मित्रसुख रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धन लाभ हुनेछ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै मनमा चपलता रहने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक कार्यमा मन जानेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

श्रीवृद्धि, व्यवसायमा उन्नतिका साथै नयाँ कार्यमा मन जाने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यमा सफलता मिल्नेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्य लाभ हुनेछ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।