आफ्नै राशिफलः फागुन १७ गते, शुक्रबारको फलादेश

आफ्नै राशिफलः फागुन १७ गते, शुक्रबारको फलादेश

फागुन महिनाको १७ गते शुक्रबार । तदनुसार ई. सं. २०१९ मार्च ०१ तारिख, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, फाल्गुन कृष्णपक्षको दशमी तिथि, दिउँसो ११:३९ बजेसम्म, त्यसपछि एकादशी तिथि, पूर्वाषाढा नक्षत्र, (अहोरात्र व्याप्त), आजको चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, दिउँसो ०१:२९ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो ११:४० बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि १२:१९ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:५१ देखि १२:१७ सम्म, यमघण्ट : दिउँसो ०३:१० देखि ०४:३६ सम्म, गुलिक काल : बिहान ०७:५८ देखि ०९:२४ सम्म

आजको वारवेला :– चार वारवेला : बिहान ०६:३२ देखि ०७:५८ सम्म, साँझ ०४:३६ देखि ०७:३६ सम्म र मध्यरात्रीपछि ०४:५९ देखि ०६:३२ सम्म, रोग वारवेला : दिउँसो ०१:४३ देखि ०३:१० सम्म र बेलुका ०७:३६ देखि ०९:१० सम्म, काल वारवेला : दिउँसो १०:५१ देखि १२:१७ सम्म र बेलुका ०९:१० देखि १०:४३ सम्म, लाभ वारवेला : बिहान ०७:५८ देखि ०९:२४ सम्म र बेलुका १०:४३ देखि १२:१७ सम्म, उद्वेग वारवेला : दिउँसो ०३:१० देखि ०४:३६ सम्म र मध्यरात्रीपछि १२:१७ देखि ०१:५१ सम्म, शुभ वारवेला : दिउँसो १२:१७ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:५१ देखि ०३:२४ सम्म, अमृत वारवेला : बिहान ०९:२४ देखि १०:५१ सम्म र मध्यरात्रीपछि ०३:२४ देखि ०४:५९ सम्म । आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । यसैगरी पूर्वाषढा नक्षत्र पनि परेको छ । आज सेता वस्तुको प्रयोग शुभ रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मित्र लाभ, आर्थिक उन्नतिका साथै व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ । बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कीर्ति लाभ हुनेछ, पराक्रम बढ्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिता रहने देखिन्छ । राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रिय लाभ हुनेछ, धन प्राप्तिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धार्मिक कार्यमा मन जानेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै खट्नु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मित्र सुख मिल्नेछ, धन प्राप्तिका साथै अध्ययन अध्यापनमा मन जानेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । मनमा चिन्ता, शङ्का र छटपटी उब्जने छ ।