

फागुन महिनाको १६ गते बिहीबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको नवमी तिथि विहान १०।३४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मूल नक्षत्र विहानका ६।८ बजेसम्म रहनेछ । यसैगरी आज वज्र योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३२ मा छ भने सूर्यास्त बेलुका ६।०२ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् । आज बिहीबार दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तबाट लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै मनमा चपलता रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्न्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा वृद्धि हुनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राको योग देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र लाभ हुनेछ, कार्य प्राप्तिका साथै अध्ययन अध्यापनमा रुचि जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक आलश्यता रहनेछ, कार्य अस्थिरताका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
द्रव्य लाभ हुनेछ, काम बन्नुका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक लाभ हुनेछ, श्रीवृद्धिका साथै मनमा उत्साह छाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मीष्ठान्न लाभ हुनेछ, कार्यमा उन्नतिका साथै व्यवसायमा सफलता मिल्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु भय रहनेछ, कार्य अवरोधका साथै मनमा अस्थिरता रहने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।