मन्त्री अधिकारीको शोकमा भाेलि सार्वजनिक बिदा

मन्त्री अधिकारीको शोकमा भाेलि सार्वजनिक बिदा

काठमाडौं, १५ फागुन । नेपाल सरकारको आज बसेको मन्त्री परिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको शोकमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार सार्वजनिक बिदासहित राष्ट्रिय शोकको घोषणा गरेका हो। आज ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित सात जनाको मृत्यु भएको छ।