

काठमाडौं, १५ फागुन । आज देशभर नै सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
आज देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । दिउँसो धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।
पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम भोलि दिउँसोपछि मात्रै खुल्दै जाने संभावना रहेको बताइएको छ ।