आफ्नै राशिफलः फागुन १५ गते, बुधबारको भाग्याफल

आफ्नै राशिफलः फागुन १५ गते, बुधबारको भाग्याफल

फागुन महिनाको १५ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको अष्टमी तिथि विहान १०:१० बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र विहानका राति ४:४६ बजेसम्म रहनेछ । यसैगरी आज हर्षण योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६:३३ मा छ भने सूर्यास्त बेलुका ६:०२ बजे हुनेछ ।चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज बुधबार विष्णु भगवानकाे  उपासना शुभ रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शत्रु भय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मित्र लाभ, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

श्रीवृद्धि, काम बन्नुका साथै यात्राकोे योग देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिष्टान्न लाभ, विद्या प्राप्तिका साथै पारिवारिक सुख देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शत्रु भय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धन लाभ, पराक्रम बृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापारमा वृद्धि, काम बन्नुका साथै स्वास्थ्यलाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मित्र लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्चमा वृद्धि, शत्रु भयका साथै मानसिक चपलता रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापारमा वृद्धि, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कीर्ति लाभ, कम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्य लाभ, श्रविृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।