

काठमाडौं,१४ फागुन।इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट आकस्मिक रूपमा राजीनामा दिनुभएको छ ।
विदेशमन्त्री जरिफले इन्स्ट्राग्राममार्फत् राजिनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालका बेला भएका गल्तीको माफी माग्दै राजीनामा दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
राजीनामा दिनुको स्पष्ट कारण भने नखुलाईएको अधिकारीहरूले जनाएका छन् ।