

फागुन महिनाको १३ गते सोमबार हो । फाल्गुन १३ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २५ तारिख, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, फाल्गुन कृष्णपक्षको षष्ठी तिथि, दिउँसो १०:५९ बजेसम्म, त्यसपछि सप्तमी तिथि, विशाखा नक्षत्र, मध्यरात्रीपछि ०३:३४ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, आजको चन्द्रमा तुला राशिमा, बेलुका ०९:३५ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, ध्रुव योग, साँझ ०५:२० बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा वणिज करण दिउँसो ११:०० बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका १०:४० बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:०१ देखि ०९:२७ सम्म, यमघण्ट : दिउँसो १०:५२ देखि १२:१८ सम्म, गुलिक काल : दिउँसो ०१:४३ देखि ०३:०९ सम्म
आजको वारवेला :– अमृत वारवेला : बिहान ०६:३६ देखि ०८:०१ सम्म, साँझ ०४:३४ देखि ०७:३४ सम्म र मध्यरात्रीपछि ०५:०२ देखि ०६:३६ सम्म, चर वारवेला : दिउँसो ०१:४३ देखि ०३:०९ सम्म र बेलुका ०७:३४ देखि ०९:०९ सम्म, रोग वारवेला : दिउँसो १०:५२ देखि १२:१८ सम्म र बेलुका ०९:०९ देखि १०:४३ सम्म, काल वारवेला : बिहान ०८:०१ देखि ०९:२७ सम्म र बेलुका १०:४३ देखि १२:१८ सम्म, लाभ वारवेला : दिउँसो ०३:०९ देखि ०४:३४ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५२ सम्म, उद्वेग वारवेला : दिउँसो १२:१८ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:५२ देखि ०३:२७ सम्म, शुभ वारवेला : बिहान ०९:२७ देखि १०:५२ सम्म र मध्यरात्रीपछि ०३:२७ देखि ०५:०२ सम्म, आज सोमबार शिवजीको उपासना सँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रिय लाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रम बढ्नेछ, कार्य प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहनसक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
द्रव्यलाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा उत्साह छाउनेछ, आर्थिक लाभका साथै कार्यमा उन्नति हुने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मीष्ठान्न प्राप्ति हुनेछ, आय बढ्नुका साथै मनमा कार्य गर्ने उत्साह छाउनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा चपलता रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्र लाभ हुनेछ, धन प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा वृद्धि हुनेछ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रीवृद्धि, व्यवसायमा वृद्धि हुनुका साथै मनमा उत्साह छाँउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।