आफ्नै राशिफलः फागुन १० गते, शुक्रबारकाे फलादेश

आफ्नै राशिफलः फागुन  १० गते, शुक्रबारकाे फलादेश

आज फागुन महिनाको १० गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको तृतीया तिथि दिवा ३।११ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । हस्ता नक्षत्र विहानका राति ५।५ बजेसम्म रहनेछ । यसैगरी आज शूल योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३८ मा छ भने सूर्यास्त बेलुका ५।५९ बजे हुनेछ ।आज चन्द्रमा  कन्या राशिमा छन् ।

मेष राशिः(नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापारमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

बृष राशी(नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):आर्थिक लाभ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह):शत्रु सबल रहनेछन्, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य लाभ, मित्र प्राप्तिका साथै अध्ययन अध्यापनमा मन जानेछ ।

सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कीर्ति लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : खर्चमा वृद्धि हुनेछ, आर्थिक अस्थिरताका साथै स्वास्थयमा प्रतिकूलता रहनसक्नेछ ।

तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते) : मित्रलाभ हुनेछ, आय बढ्नुका साथै सामाजिक कार्यमा दिन व्यतित हुनेछ ।

बृश्चिक राशीकाे लागि (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु) धन लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

धनु राशी(नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आर्थिक लाभ, धन प्राप्तिका साथै मनमा उत्साह छाउँनेछ ।

मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द):स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि):धन लाभ हुनेछ, काम बन्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।