डाक्टरहरु आज सामूहिक विदामा

डाक्टरहरु आज सामूहिक विदामा

काठमाडौँ, ८ फागुन।सरकारी चिकित्सक संघ (गोदान) मा आवद्ध चिकित्सकहरु आज सामूहिक विदामा बस्दैछन् ।

देशैभरका सरकारी चिकित्सकलाई केन्द्र मातहतमा राखेर खटनपटन गर्नुपर्ने माग राखि आन्दोलनमा उत्रिएका गोदानका डाक्टरहरु आज सामूहिक विदामा बस्ने भएका हुन् । सरकारले आफूूहरुसँग गरेको सम्झौतमा कुनै चासो नदिएको भन्दै गोदान आन्दोलित भएको हो । यसैबीच, सरकारले भने आन्दोलनरत सरकारी चिकित्सक संघको माग सम्बोधनका लागि प्रया भइरहेको बताएको छ ।

देशभरका सरकारी चिकित्सक आन्दोलित भएपछि उनीहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निरन्तर प्रयास गरिरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले  बताउनुभयो । सरकारले नै सरकारी चिकित्सक संघसँग सम्झौता गरेको हुनाले मन्त्रालय त्यसप्रति गम्भिर भएर लागिरहेको उहाँको भनाइ छ ।